Khabar Samachar

मेयर बालेन्द्र शाह (बालेन) को निर्णयमा साथ दिन सबै देशभक्त नेपालीलाई आह्वान

208
VIEWS

काठमाडौं महानगरका हलमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर बालेन्द्र शाह (बालेन) को निर्णयमा साथ दिन नेकपा एमालेका नेता भीम रावलले सबै देशक्त नेपालीलाई आह्वान गरेका छन्।

आफूले दिएको अल्टिमेटमभित्र दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को मूल भागबाट ‘सीता भारतकी छोरी हुन्’ भन्ने गलत संवाद नहटाएपछि मेयर बालेनले सोमबारदेखि काठमाडौं महानगरभित्रका हलमा सबै हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने घोषणा गरेका छन्।

उक्त निर्णय नेपालको सांस्कृतिक अतिक्रमणविरुद्ध उचित भएकाले त्यसमा सबै देशभक्त नेपालीले समर्थन गर्नुपर्ने नेता रावलको भनाइ छ।

‘भारतमै विवादास्पद ‘आदिपुरुष’मा जानकी सीताको जन्मथलोसम्बन्धी गलत संवाद नेपालमाथिको सांस्कृतिक अतिक्रमण भएकाले त्यसलाई मूल भागबाट हटाउन र नहटाए काठमाडौंमा भारतीय चलचित्रमा रोक लगाउने नगर प्रमुख बालेन्द्र शाहको निर्णय उचित छ’, रावलले सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन्, ‘उहाँलाई धन्यवाद दिँदै सबै देशभक्त नेपालीले समर्थन गरौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित