पोखरामा भारतीय चलचित्रमा चलाउन रोक लगाइएको छ । पोखरा महानगरपालिकाले आइतबार सिनेमा हलहरूलाई पत्र लेख्दै चलचित्र ‘आदिपुरुष’ मा भएको त्रुटि नसच्चिएसम्म भारतीय फिल्म नचलाउन निर्देशन दिएको हो ।
पत्रमा ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने शब्दावली नसच्चिएसम्म महानगरपालिका क्षेत्रभित्रका चलचित्र हलमा कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक्न निर्देशन दिएको हो ।
यसअघि काठमाडौं महानगरपालिकाले सोमबारदेखि आफ्नो क्षेत्रभित्र पर्ने हलहरूमा कुनै भारतीय फिल्म चल्न नदिने निर्णय गरेको थियो ।
Discussion about this post