Khabar Samachar

बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, अझै २८ जना बेपत्ता

201
VIEWS

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु भएको छ ।

सुरक्षा निकायका अधकारीको तथ्यांकअनुसार शनिबारयता ८ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी २८ जना बेपत्ता भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा अनुसार मृत्यु हुनेमा भोजपुर ट्याम्केमयुम-८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका- ९ का वर्ष २६ को सन्तोष राई, पाँचथर फालेलुङ– ४ का ८ वर्षीय जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङ फिदिङ्वा-६ वर्ष ३० को गणेश तामाङ, वर्ष ६७ को केशर राई र सोही ठाउँका वर्ष ३६ को सुरेश राई छन् ।

बाढी र पहिरोमा परी २८ जना अझै बेपत्ता छन् । प्रहरीका अनुसार तीन जना महिला र २५ जना पुरुष बेपत्ता भएका हुन् ।

बेपत्तामध्ये सबैभन्दा धेरै संखुवासभामा १८ जना छन् । पाँचथरमा तीन, ताप्लेजुङमा तीन, भोजपुरमा दुई जना बेत्तपा भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरीका अनुसार पाँचथरमा १२ वटा पुलमा क्षति पुगेको छ । मेची राजमार्ग अवरुद्ध भएको छ । बाढी र पहिरोले २२ वटा घर भत्काएको छ ।

बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि आइतबार प्रदेश सरकारको तर्फबाट मन्त्री तिलकुमार मेन्याङ्बो नेतृत्वमा टोली प्रभावित क्षेत्र पुगेको थियो ।

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बेपत्ताको खोजी गरी प्रभावितलाई राहत र उद्दार प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

प्रदेश सरकारले प्रभावितका आपतकालीन राहत सामग्री सम्बन्धित जिल्लामा पठाएको छ ।

शनिबारको वर्षाका कारण संखुवासभा, पाँचथर र ताप्लेजुङमा बढी क्षति पुर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित