आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुगेका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् ।
प्रहरीले चलाउनेसहित केहीलाई नियन्त्रणमा लिएको हो । उनीहरुले मुद्दा फिर्ता नलिन र उपप्राध्यापक चलाउनेलाई न्याय दिन माग गरेका थिए ।उनले आफूले बन्द इजलास र सरकारबाट न्याय नपाएको गुनासो गर्दै सत्याग्रह बस्ने घोषणा पनि गरेका थिए।
अदालतभित्र होहल्ला र नाराजुलुस गरेपछि चलाउनेलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी सिताराम रिजालले जानकारी दिए ।
उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको उनले बताए ।
चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ज्यानमुद्दा विचाराधीन छ ।
Discussion about this post