Khabar Samachar

Search
Close this search box.

जिम्बाब्वेले नेदरल्यान्ड्सलाई हरायो

208
VIEWS

एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा घरेलु टोली जिम्बाब्वेले लगातार दोस्रो जित निकाल्दै समूहमा शीर्ष तीनको सम्भावना बलियो बनाएको छ।

मंगलबार भएको खेलमा जिम्बाब्वेले नेदरल्यान्डसमाथि ६ विकेटको जित निकालेको हो। दुई जितसहित ४ अङ्कको साथ शीर्ष स्थानमा रहन सफल भयो।

हरारेमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रनको उच्च स्कोर बनाएको थियो। जवाफमा उक्त लक्ष्य जिम्बाब्वेले ४०.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

जिम्बाब्वेको जितमा सिकन्दर राजाले १०२ रनको अविजित इनिङ खेल्दा सेन विलयम्सनले ९१ रन बनाए। त्यस्तै, कप्तान क्रेग एरभिनले ५० रनको अर्धशतकीय इनिङ खेले। ओपनर जोलर्ड गुम्बाइले ४० रन बनाउँदा रायन ब्रुल १६ रनमा नटआउट रहे।

त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्डसका लागि ओपनरहरु विक्रमजित सिंहले सर्वाधिक ८८ रन बनाउँदा म्याक्स ओडवाडले ५९ रन बनाएका थिए।

त्यस्तै, कप्तान स्कट एडवार्ड्सले ८३ रन बनाएका थिए। त्यस्तै, सकिव जुलफिकरले ३४ रन बनाए पनि टिमको जितका लागि उक्त स्कोर पर्याप्त भएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित