Khabar Samachar

Search
Close this search box.

आजदेखि साफ च्याम्पियनसिप, कुवेतसँग भिड्दै नेपाल

210
VIEWS

दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजबाट भारतमा सुरू हुँदैछ।

भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। कुवेत आमन्त्रित टिमको रुपमा साफमा सहभागी भएको हो।

छोटो तयारीकाबीच भारत पुगेको नेपालका लागि यस संस्करणमा कठिन चुनौती छ।

यद्यपी प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नेपाली टिम कठिन चुनौतीको सामना गर्न तयार भएको बताएका छन्।

नेपालका खेल

नेपाल भर्सेस कुवेत – असार ६- दिउँस ३:४५ बजे
नेपाल भर्सेस भारत- असार ९-  राति ७:४५ बजे
नेपाल भर्सेस पाकिस्तान- असार १२ – दिउँस ३:४५ बजे

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमन्त थापा

मिडफिल्डरः पुजन उपरकोटी, अरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लकेन लिम्बु, आभास लामिछाने

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित