Khabar Samachar

Search
Close this search box.

हिसान शैक्षिक मेला नरोक्न मेयर बालेन शाहलाई उच्च अदालतको अन्तरिम आदेश

202
VIEWS

काठमाडौं महानगरपालिकाले बन्द गराएको हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासमा भएको दोहोरो बहसपछि हिसान शैक्षिक मेला बन्द नगर्न आदेश भएको हो ।

शैक्षिक मेला सुरू भएकै दिन महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा गएका नगर प्रहरीले मेलास्थल खाली गराएका थिए ।

महानगरपालिकासँग समन्वय नगरी मेला आयोजना गरिएको भन्दै मेयर शाहले बन्द गराएका थिए । त्यसका विरुद्ध उच्च माध्यमिक विद्यालय एशोसियसन हिसान अदालत गएको थियो । संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रममा स्थानीय तहको अनुमति नचाहिने भन्दै उच्च अदालतले हिसान शैक्षिक मेला नरोक्न भनेको हो ।

हिसानको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, रमेश बडाल, सुनिल पोखरेल र रमण कर्णले बहस गरेका थिए भने महानगरपालिकाको तर्फबाट ओमप्रकाश अर्यालले बहस गरेका थिए । हिसान शैक्षिक मेलामा ७५ वटा शैक्षिक संस्थाले स्टल राखेर विद्यार्थी तथा अभिभावकलाई शैक्षिक परमर्श दिइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित