Khabar Samachar

मेरो सोच र रास्वपाको चाहना मिलेपछि पार्टीमा आएँ : अनिलकेशरी शाह

202
VIEWS

काठमाडौँ । पूर्व बैंकर अनिल केशरी शाहले नेपालीमा नेतृत्व विकासका लागि सीप प्रयोग गर्न आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको बताएका छन् । रास्वपा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपा र आफ्नो सोच मिलेको पनि बताए । ‘बैङ्किङ करिअर छाडेपछि मैले नेतृत्व विकासको तालिम दिइरहेको थिएँ’, उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीसँग मेरो लामो बहस भयो। बहसपछि मलाई लाग्यो, उहाँहरूको सोच र मेरो सोच ठ्याक्कै मिल्यो।’ यसपछि आफू रास्वपा प्रवेश गर्न तयार भएको उनको भनाई छ । ‘सबै क्षेत्रमा नेतृत्वको विकास गराउने मेरो सीप यहाँ प्रयोग गर्न सक्छु भन्ने लागेको भएर आज यहाँ आएको छु । प्रवेश भनेको फिनिसिङ लाइन होइन, सुरुवात मात्र हो ।’ शाहले सबैलाई रास्वपा प्रवेशका लागि आह्वान पनि गरे । बिहीबार रास्वपा प्रवेश गरेका शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित