Khabar Samachar

Search
Close this search box.

चर्चित र्‍यापर गिरीश खतिवडाविरूद्ध प्रहरीमा कर्तव्य ज्यानको उजुरी

307
VIEWS

नेपालका  चर्चित र्‍यापर गिरीश खतिवडाविरूद्ध  प्रहरीमा कर्तव्य ज्यानको उजुरी परेको छ।

उनले विराटनगरमा  सञ्चालन गरेको  ‘जी क्याफे एन्ड बिस्त्रो’ मा एक जना युवाको  मृत्यु भएपछि परिवारजनले हत्या भएको भन्दै खतिवडा र उनका कर्मचारीविरूद्ध किटानी जाहेरी दिएका हुन्।

मोरङ धनपालथान गाउँपालिका ४  कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका कासीद अन्सारीको क्याफेमा रहस्यमय तरिकाले मृत्यु भएको भन्दै उनका आफन्तले हत्या भएको आरोप लगाएका हुन्।

प्रहरीका अनुसार अन्सारीले क्याफेमा मासु बेच्न लैजाने गरेका थिए।

गत असार ३ गते बिहान खतिवडाको क्याफेमा मासु दिए बापत ४० हजार रुपैयाँ लिन अन्सारी क्याफे पुगेका थिए। मृतकका भाइ मासिदले मासु बिक्री गरेको पैसा माग्न जाँदा आफ्ना दाजुको हत्या भएको आरोप लगाएका छन्।

करिब २० वर्ष अघिदेखि कर्सिया बजारमा फ्रेस हाउस सञ्चालन गर्दै आएका अन्सारीले विराटनगरमा १० वटा रेस्टुरेन्ट तथा क्याफेहरूमा मासु बिक्री गर्दै आएका थिए।

मृतकका परिवारले अन्सारीको योजनाबद्ध हत्या भएकाले आफूहरूले सो क्याफे सञ्चालक खतिवडा र कर्मचारीहरूविरूद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएको बताए।

अन्सारीले जिल्ला प्रहरी कार्यालय मोरङमा क्याफे सञ्चालक विराटनगर महानगरपालिका ८ का गिरीश खतिवडा, क्याफेमा काम गर्ने जहदा गाउँपालिका ३ का करण राजवंशी र विराटनगर महानगरपालिका १६ बस्ने अनुराग राउतको नाममा कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका हुन्।

होटल सञ्चालकले क्याफेको ढोकामा ठोक्किएर अन्सारी घाइते भएको दाबी गरेका छन्। सिसाको ढोकामा ठोक्किएर अन्सारीको तिघ्रामा गहिरो चोट लागेको र उपचारको लागि विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको दाबी गरिएको छ।

अन्सारीको देब्रे तिघ्रामा मात्र ३ इन्च लम्बाई र १ इन्च गहिरो काटिएकाले नसा काटिएर मृत्यु भएको अनुमान गरिएको छ।

मोरङ प्रहरीका प्रवक्ता रञ्जनकुमार दाहालले उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको बताए।

उनले पोस्टमर्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित