काठमाडौं, असार ३: नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङ विश्व एमेच्योर गल्फ वरीयतामा १ सय ४८औं स्थानमा उक्लिएका छन्।
यो साता सार्वजनिक भएको वरीयतामा सुबाश ३४ स्थान माथी उक्लिएका हुन्। कूल ७ सय ४ अंक सहित उनी एसिया रिजनमा भने २०औं स्थानमा रहेका छन्। उनले हालसम्म ६ प्रतियोगिता जितिसकेका छन् भने १८ प्रतियोगितामा उत्कृष्ट १० भित्र परेका छन्। विश्व वरीयतामा सुबाश १ सय पाँचौं स्थानसम्म पुग्न सफल भएका छन्।
यसैगरि, राष्ट्रिय टोलीका अर्का एमेच्योर खेलाडी सदभाव आचार्य ६ सम ३० अंक सहित ६ सय ३९औं स्थानमा रहेका छन्। वरियतामा उनको पनि सुधार भएको छ। उनी यो साता १०० स्थान माथी उक्लिए। दुई जीत संगै १२ प्रतियोगितामा उत्कृष्ट १० भित्र पर्न सफल सदभाव एसियाली क्षेत्रमस भने १ सय ६ स्थानमा रहेका छन्।
कूल ३ सय ९३ अंक सहित टासी छिरिङ्ग २ हजार ३९औं स्थानमा छन्। ३ सय ७७ अंक सहित युवराज भुजेल २ हजार २ सय ७२औं स्थानमा र ३ सय ५४ अंक सहित वाङ्गचेन ढोण्डुप २ हजार ६ सय १ स्थानमा रहेका छन्। एसिया तर्फ टासी २ सय ९६, युवराज ३ सय १९ र वाङ्गचेन ३ सय ५० औं स्थानमा रहेका छन्।
Discussion about this post