Khabar Samachar

साफ च्याम्पियनसिप : भारतसँग नेपालको हार, सेमिफाइनल सम्भावना सकियो

222
VIEWS

साफ च्याम्पियनसिप फुटबलको १४औं संस्करणमा नेपालले उपाधि जित्ने सम्भावना समाप्त भएको छ । लगातार दोस्रो हार ब्यहोरेपछि नेपाल उपाधि होडबाट बाहिरिएको हो । नेपाली टोली शनिबार भएको आफ्नो दोस्रो खेलमा आयोजक राष्ट्र भारतसँग २—० गोलले पराजित भयो ।

घरेलु टोली भारतले दुबै गोल खेलको दोस्रो हाफमा गरेको थियो । पहिलो गोल सुनिल क्षेत्रीले गरेका थिए । उनले पहिलो गोल निर्धारित समयको ६१औं मिनेटमा गरेका थिए । दोस्रो गोल खेलको ७०औं मिनेटमा महेश सिंहले गरेका थिए ।

यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली कुवेतसँग ३—१ गोलले पराजित भएको थियो । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप भारतको बैंगलोरस्थित कांतिराव स्टेडियममा सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित