Khabar Samachar

खुश्बु ओली राप्रपामै फर्किइन्

214
VIEWS

अघिल्लो वर्ष मंसिरको चुनावमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनविरुद्ध झापा क्षेत्र नम्बर ४ मा बागी उम्मेदवारी दिएकी खुश्बु ओली पार्टीमै फर्किएकी छन्।

झापा ४ मा एमालेका एलपी सावाँलाई सघाएको राप्रपाको निर्णयविरुद्ध खुकुरी क्रस चिह्न लिएर बागी उम्मेदवारी दिएकी खुश्बु पार्टीमै सक्रिय भएकी हुन्।

एलपी सावाँविरुद्ध उठेर ५ हजार १० मत ल्याएकी उनले त्यसबेला आफ्नो कदमलाई विद्रोह भन्दै सोमबारदेखि राप्रपामै फर्किएको घोषणा गरेकी हुन्।

उनले आफ्नो विद्रोहलाई महिला र युवामाथिको राजनीतिक थिचोमिचो र भेदभावविरुद्धको अभियान भएको कुरा पार्टीले बुझेकाले फर्किने निर्णय गरेको बताएकी छन्।

उनले राप्रपाले आफूलाई महत्त्वपूर्ण जिम्मेवारीसहित निरन्तरता दिन आग्रह गरेकाले फर्किएको बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित