पशुपतिको शिवलिङ्गबाट आइतबार निकालिएको जलहरी आज अपराह्नपछि पुनर्स्थापित गर्ने तयारी गरिएको छ।
‘हामी पशुपति परिसरमै छौं। अपराह्नपछि जलहरी प्रतिस्थापन गर्ने तयारी छ,’ पशुपति प्रांगणमा रहेका कोषका एक पदाधिकारीले सेतोपाटीलाई बताए।
आइतबार अख्तियारले पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित २७ जनाको रोहवरमा पशुपतिको शिवलिङबाट २०७८ फागुनमा राखिएको सुनको जलहरी निकालेर नापजाँच गरेको थियो।
सोमबार बिहान २ बजेसम्म लगाएर सुनका ३ वटा रिङ, बासुकी नाग १, जलधारा १, जलहरी ३, नाग ३ सहित ११ पाता सुन निकालेर तौलिएको थियो।
यसको तौल १०६.४३२५ किलो रहेको बताइएको छ।
त्यस्तै प्रयोगमा नआएको भनिएको सुनका २७ थान किला, पाता १, तार ७, ५ थान टुक्रा पनि नापजाँच भएको थियो।र, त्यसको परिमाण १.०३५७५ किलो रहेको बताइएको छ।
यो सबै परिमाण जोड्दा १०७.४६८२५ किलो हुने बताइएको छ।
यद्यपि, अख्तियारले सुनको परिमाण पुगेको नपुगेकोबारे खुलाएको छैन।
उजुरीको दुई वर्षपछि नापाजाँच गरेको अख्तियारले केही दिनपछि विवरण सार्वजनिक गर्ने भनेको छ।






















Discussion about this post