Khabar Samachar

Search
Close this search box.
Search
Close this search box.

सडकमा उत्रिए ट्याक्सी तथा चालक व्यवसायी

223
VIEWS

यातायात व्यवसायी तथा चालकहरुले सवारी साधनसहित प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौँको सितापाइलामा भेला भएर उनीहरुले सवारीसाधनको प्रदर्शनसहित रिङरोड परिक्रमा गर्ने बताएका छन् ।

रातो नम्बर प्लेटका सवारीले यात्रु बोक्न प्रतिवन्ध गर्नुपर्ने, अनलाइन ट्याक्सी बुकिङ बन्द गर्न गर्नुपर्ने, ट्राफिक प्रहरीको ज्याजती बन्द हुनुपर्ने लगायतका मागसहितका आन्दोलनमा उत्रिएको राष्ट्रवादी यातायात व्यवसायी महासंघ इन्चार्ज भुवन संगमले जानकारी दिए । ‘स्वदेशी पुँजी र लगानीलाई राज्यले संरक्षण गर्नुपर्छ, राज्यले आजसम्म सौतेनी

व्यवहार गर्दै आएको छ त्यो व्यवहारलाई अन्त्य गर्दै यातायात क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ भन्ने हाम्रो मुख्य माग हो’, संगमको भनाइ छ । व्यवसायीहरुले ट्याक्सी, ट्रक र ट्यांकर लगायतका सवारी साधन सडकमा तेस्याईएर राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित