Khabar Samachar

Search
Close this search box.

ललितपुर जिल्ला अदालतकी महिला कर्मचारीलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी पक्राउ

268
VIEWS

ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी पक्राउ परेका छन्।

ललितपुर प्रहरी परिसरले अधिवक्ता अमिर लामिछानेलाई पक्राउ गरेको हो।

बुधबार अपराह्न साढे ४ बजे जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि काठमाडौं-१४ का ३६ वर्षीय अमिर लामिछानेले कुटपिट गरेका हुन्।

वकिलसमेत रहेका लामिछानेले कर्मचारीलाई कुटपिट गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ।

उनलाई बुधबार नै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्दिविक्रम शाहले जानकारी दिए।
अमिरविरूद्ध पीडित तामाङले अभद्र व्यवहार मुद्दामा जाहेरी दिएकी छन्।

मुद्दाको फाइल हेर्नेक्रममा सुरु भएको विवादमा लामिछानेले हातपात गरेको तामाङको दाबी छ। तामाङको मुखमा चोट देखिएको छ।

ललितपुर प्रहरी परिसर प्रमुख सिद्धिविक्रम शाहले लामिछानेलाई पक्राउ गरिएको बताए।
‘लामिछानेले तामाङको फाँटमा पुगेर फाइल मागेर हेर्नु भएको रहेछ। तामाङले फोटो कपी गरेर हेर्नुस् भन्दा तँ तँ र मम भन्दै लामिछाने झम्टिएको र हातपात गरेको पीडितले आरोप लगाउनु भएको छ’, उनले भने।

शाहका अनुसार लामिछानेले फाइल तानातान हुँदा तामाङलाई आफै चोट लागेको प्रारम्भिक बयान दिएका छन्।

उनीमाथि अभद्र व्यवहारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित