Khabar Samachar

राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने बनाऔँ : गगन थापा

204
VIEWS

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताएका छन् । सोमवार स्व. गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताएका हुन् ।

थापाले दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई अन्त्य नगरेसम्म विश्वविद्यालय माथि उठ्न नसक्ने बताए । उनले भने, ‘हाम्रो विश्वविद्यालयको अवस्था झनै कहालीलाग्दो भएको छ । यो थला परेको छ । यो बिग्रनुमा सबैभन्दा ठुलो दोष हामीले नै लिनुपर्छ । हाम्रो कारणले गर्दा विश्वविद्यालय आज थला परेको छ । हाम्रो निर्वाचन प्रणालीको कारणले गर्दा हाम्रो सरकार मिलीजुली बन्छ, हाम्रो सरकार मिलीजुली भएको हुनाले हामी विश्वविद्यालयको नेतृत्व पनि मिलीजुली बनाउनतर्फ लाग्यौँ । हामीले यति धेरै भागबण्डा गर्‍यौँ की हामीले आजभोलि सहायक क्याम्पस चिफ समेत भागबण्डा गर्छौँ । अब कन्ट्रोलर विश्वविद्यालयको हुँदैन, राजनीतिक दलको हुन्छ ।

महामन्त्री थापाले उच्च प्राथमिकतामा राखेर संसद्‍मा  तत्काल, संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराए । उनले सरकारले विद्यालय शिक्षामा आएको सङ्कटलाई बुझ्न नसकेको बताए । उनले भने, ‘आज संविधान निर्माण भएर संघीय व्यवस्थामा गइसकेपछि पनि शिक्षाको व्यवस्थापन गर्ने आधारभूत कुराबाट हामी चुकेका छौँ । म सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, उच्च प्राथमिकतामा राखेर संसद्‍मा तत्काल, संघीय शिक्षा ऐन ल्याउनुपर्छ । हामी पनि त्यत्तिकै उच्च प्राथमिकतामा राखेर संसद्बाट यो ऐनलाई पारित गरी लिएर जान्छौँ । तर ऐन पारित भएर मात्रै हुँदैन । लिगेसीको ठुलो कमिटमेन्ट चाहिएको छ । यही वर्षको हाम्रो बजेट हेर्ने हो भने विद्यालय शिक्षाको पूर्वाधारका लागि जम्मा १ अर्ब रुपैयाँ छुट्याएका छौँ । जबकि गत वर्षको ऋण तिर्न मात्रै ५ अर्ब बाँकी छ । हाम्रो प्राथमिकता मिल्यो की मिलेन ? विद्यालय कर्मचारीको सामान्य तलबको व्यवस्थापन गरेनौँ । हामी अहिले पनि हाम्रो विद्यालय शिक्षामा आएको सङ्कटलाई बुझ्न सकिरहेका छैनौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित