Khabar Samachar

Search
Close this search box.

कोशीमा कांग्रेस नेतृत्वमा सरकार बनाउने सत्ता गठबन्धनको सहमति

207
VIEWS

 

सत्तारुढ गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको एकीकृत समाजवादीका कार्यावहाक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए।

‘गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्रीका रुपमा अगाडी सार्नका लागि प्रदेशलाई सल्लाह दिने निर्णय भएको छ,’ बैठकपछि सञ्चारकर्मीसँग उनले भने।

एमालेको सरकार ६ महिनामै ढलेपछि अहिले कांग्रेस र माओवादी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साथमा लिएर सरकार बनाउने योजनामा छन्।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ। एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की नेतृत्वको सरकार ४६ सांसदको मात्रै समर्थन जुट्दा ढलेको थियो।

प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० सांसद छन्। यसअघि ऊसँग सरकारमा गएको राप्रपासँग ६ जना सांसद छन्। एमाले र राप्रपा मिल्दा ४६ नै हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित