महोत्तरीमा गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । दुई राउराण्ड गोली चल्दा महोत्तरीकै रामगोपालपुर नगरपालिका-१ बसबिट्टी बजारका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुुमार गिरीका अनुसार स्थानीय ३८ वर्षीय कौशल मण्डलले यादवमाथि गोली प्रहार गरेका हुन् ।
Discussion about this post