Khabar Samachar

Search
Close this search box.

गगनलाई बालेनको आग्रह- बोलेको कुरा पूरा गर्नुस्, काठमाडौंका शैक्षिक संस्थामा कांग्रेसको भ्रातृ संगठन छैनन्

214
VIEWS

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले कांग्रेस महामन्त्री एवम् सांसद गगन थापाले शैक्षिक संस्थालाई राजनीतिबाट बाहिर राख्नुपर्ने भनेर दिएको अभिव्यक्ति पूरा गर्न आग्रह गरेका छन् ।
महामन्त्री थापाले गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दै दलको झोला बोकेर विश्वविद्यालय छिर्न रोक लगाउनुपर्ने बताएका थिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयलगायत शैक्षिक संस्थामा राजनीतिलाई अलग राख्न निर्णायक भूमिका खेल्नुपर्ने बताएका थिए ।थापाले बोलेपछि पुरा गर्न आग्रह गर्दै मेयर बालेनले काठमाडौं महानगर भित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालयमा कांग्रेसको कुनै पनि भातृ संगठन नभएको घोषणा गरेका छन् ।उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘माननीय गगन थापाज्यु, दलको हिजो एक कार्यक्रममा, झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेर त भन्नुभयो, नेपाली कांग्रेसको महामन्त्रीज्युले नै भनेपछि, काठमाडौं महानगर भित्रका सबै विद्यालय , शिक्षण संस्था , कार्यलय , सबै तिर काङ्रेस पार्टीको कुनै पनि भात्री सँगठन नभएको घोषणा गर्दछौँ ।’

बालेनले गगनलाई बोलेको कुरा पुरा गर्न पनि आग्रह गरेका छन् । ‘बोलेको कुरा पुरा गर्नुहोला माननीय ज्यु’, बालेनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित