Khabar Samachar

Search
Close this search box.

भारतले जित्यो साफ च्याम्पियनसिप २०२३ को उपाधि

203
VIEWS

भारतले साफ च्याम्पियनसिप २०२३ को उपाधि जितेको छ ।गोलकिपर गुरप्रित सिंह सन्धु नायक बन्दै कुवेतका कप्तान खालेद हजिएहको पेनाल्टी प्रहार रोकेपछि भारतले साफ च्याम्पियनसिप २०२३ को उपाधि जितेको छ ।

मंगलबार भएको फाइनलमा भारतले आमन्त्रित टोली कुवेतलाई सडनडेथमा हराउँदै कीर्तिमानी नवौँ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

बेंग्लोरस्थित श्री कान्तिराव स्टेडियममा निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमको खेल १-१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

सुरुमा ५-५ पेनाल्टी प्रहार गरिएकोमा दुवै टोलीले ४-४ पेनाल्टी गोलमा परिणत गरे । जहाँ भारत कप्तान सुनिल क्षेत्री, सन्देश जिन्गन, लालिएन्जुअला चाङ्ग्टे र सुबासिस बोसले गोल गरे । भारतका उदान्त सिंह पेनाल्टीमा चुके ।

कुवेतका फवाज अलओताइबी, अहमद अल्धेफेरी, अब्दुलजिज महरान र सबाइब अलखाल्दीले गोल गरे भने मोहम्मद अब्दुलल्ह गोल गर्न सकेनन् ।

त्यसपछि सडनडेथमा भारतका लागि महेश सिंहले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । अनि गोलकिपर गुरप्रितले कुवेतका कप्तान खालेद अजिएहको अन्तिम पेनाल्टी प्रहार बचाएपछि भारत विजयी भएको हो ।

भारत घरेलु मैदानमा अपराजित रहँदै च्याम्पियन बनेको हो । यसअघि समूह चरणमा भारतले कुवेतले १-१ को बराबरी खेलेका थिए । सेमिफाइनलमा भारतले अर्को आमन्त्रित टोली लेबनानलाई पेनाल्टीसुटआउटमा हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित