नेकपा एमालेनिकट अनेरास्ववियु चितवनले थाल्यो राष्ट्रपतिको सहयोगार्थ १ रुपैयाँ अभियान थालेको छ ।
काठमाडौं र चितवनसहित विभिन्न जिल्लामा विद्यार्थीहरुले राष्ट्रपतिलाई उपचार खर्च भन्दै १ रुपैयाँ अभियान चलाएका हुन्।
नेकपा एमालेनिकट अनेरास्ववियु चितवनले राष्ट्रपतिको सहयोगार्थ १ रुपैयाँ अभियान थालेको छ।
त्यस्तै काठमाडौं, सुनसरी, मोरङसहितका जिल्लामा पनि राष्ट्रपतिका लागि १ रुपैयाँ संकलन अभियान चलाइँदैछ।
राष्ट्रपति पौडेलले गत वैशाख ६ गतेदेखि १७ गतेसम्म भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचार गर्दा लागेको ५५ लाख २ हजार रूपैयाँ सरकारसँग मागेका छन्।
उपचारका लागि जाँदा एयर एम्बुलेन्सका रुपमा प्रयोग गरेको श्री एयरको जहाजको भाडा र आउँदाको खर्चसहित ५५ लाख २ हजार रुपैयाँ निकासाका लागि मंगलबार परारष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र लेखेको छ।
यसअघि गत वैशाख १९ गते प्रेस संयोजक खिला कार्कीले उपचार खर्च राष्ट्रपति पौडेलले उक्त उपचार खर्च आफैं ब्यहोर्न चाहेको उल्लेख गरेका थिए।
Discussion about this post