Khabar Samachar

Search
Close this search box.

डाक्नेश्वरी नगरपालिकाकी उपमेयर भारतीय नागरिक ! स्थानीयकाे उजुरीपछि पक्राउ, श्रीमान फरार

228
VIEWS

नागरिकतासम्बन्धी कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मिरा चौधरी पक्राउ परेकी छन्।

जिल्ला प्रहरी कार्यालय सप्‍तरीले बुधबार डाक्नेश्वरी-५ बस्ने चौधरीलाई पक्राउ गरेको एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

उनका श्रीमान महेन्द्र यादवविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर यादव हाल फरार छन्। यादव भारतीय नागरिक हुन्।

एसपी कार्कीका अनुसार उपमेयर चौधरीको नाम भारतीय मतदाता नामावलीमा भेटिएको थियो। त्यसरी नाम भेटिएपछि चौधरीले भारतीय र नेपाली नागरिकता लिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो।

उच्च अदालत राजविराजले उनीहरूलाई पक्राउ गर्न परामादेश जारी गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित