Khabar Samachar

अभिनेत्री तथा नागरिक उन्मुक्ति पार्टीकी नेता एलिजा गौतमले गरिन् सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा

212
VIEWS

अभिनेत्री तथा नागरिक उन्मुक्ति पार्टीकी नेता एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी छन्।

बिहीबार फेसबुकमा स्टाटस लेखेर गौतमले आफू सक्रिय राजनीतिबाट बिदा लिएको जानकारी गराएकी हुन्।

उनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग प्रभावित भएको र तत्काल सक्रिय राजनीतिबाट बाहिरिँदै समाज सेवामा लाग्ने  बताएकी छन्।

‘यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ। मेरा आगामी दिन समाज सेवामा नै सक्रिय रहनेछन्। अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत् घोषणा गर्दछु,’ उनले लेखेकी छन्।

गौतम पाँच महिनाअघिमात्र नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन्। पार्टीमा उनलाई महत्वपूर्ण भूमिका दिइएको थियो।

बालुवाटारमा हुने गठबन्धन बैठकमा पनि उनी सहभागी भएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित