Khabar Samachar

Search
Close this search box.

एलओडीका अर्का सञ्चालक रुदिल बल्लव श्रेष्ठ पक्राउ

273
VIEWS

प्रहरीले नाबालिगलाई क्लबभित्र प्रवेश गरेको आरोपमा एलओडीका अर्का सञ्चालकलाई पक्राउ गरेको छ। शुक्रबार रुदिल बल्लव श्रेष्ठ पक्राउ परेका हुन्। बिहीबार अर्का सञ्चालक राजुसिंह सुवाल पक्राउ परेका थिए।

उनीहरुलाई बालबालिका सम्बन्धी ऐन २०७५ उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। एलओडीमा जेठ ३१ गते छिरेकी एक बालिका सोही दिन सानेपामा बलात्कृत भएको पाइएपछि प्रहरीले एलओडीका सञ्चालकलाई कारबाहीको दायरामा ल्याएको हो।

एलओडीको कम्पनी प्रबन्ध पत्रमा नाम उल्लेख भएका दुवै सञ्चालकलाई नियन्त्रणमा लिइएको हो। कागजमा दुई जना मात्र सन्चालक भएपनि एलओडीका सेयर होल्डर एक दर्जनभन्दा बढी रहेको बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित