गायिका समीक्षा अधिकारीले एक अन्तर्वार्तामा दिएको अभिव्यक्ति पुनः चर्चामा छ । बलात्कारको आरोपमा एक वर्ष जेल जीवन बिताएर फर्केका नायक पल शाहसँग धरौटीको पैसा नलिएको प्रष्ट्याइन्।
उनले अन्तर्वार्तामै रुदै भनेकी छन, ‘दश लाख धरौटी अदालतले गरेको निर्णय हो । मैले मागेकी हैन । न मैले लिएकी नै छु । तपाईंहरुले यसबारे सोध्न सक्नुहुन्छ ।’
धरौटीको दस लाख आफूले नलिए तापनि मान्छेहरुले भने त्यही कुरा गरेर आफ्नो परिवारलाई टर्चर दिएको उनको गुनासो छ ।
उनले भनेकी छन्, ‘दाइले दुई-तीन वर्ष दुबईमा बसेर दुःख-संघर्ष गरेर कमाएको पैसाले घरको तल्ला थप्यौं । तर, मान्छेहरुले भने मेरी ममीलाई छोरीले पाएको दश लाखले घरको तल्ला थपेको भनेर यातना दिए । त्यस्तो सुन्दा मेरो बुवाआमालाई कति पीडा हुन्थ्यो होला ?’
Discussion about this post