Khabar Samachar

ललिता निवासको छानबिन स्टन्टबाजीमात्र हो, दोषी पर्ने यही गठबन्धनका मान्छे हुन् – केपी शर्मा ओली

216
VIEWS

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवासको जग्गा सम्बन्धी छानबिन आफ्नो नेतृत्वको सरकारले गरेको भन्दै यस प्रकरणमा अहिलेको सत्ता गठबन्धका नेताहरु तानिने बताएका छन् ।

स्ववियु काउन्सिल नेपालको भेलालाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले अहिले सरकारले गरिरहेको छानबिन आफू हिरो बन्नका लागि गरिएको स्टन्टबाजीमात्र भएको दाबी गरे ।

ओलीले भने- ललिता निवासको जग्गाको छानबिन जुन भनिएको छ त्यो आफू हिरो बन्ने स्टन्टमात्र हो । यसमा गठबन्धनकै मान्छे पर्ने हुन् । हाम्रो पार्टीको कसैको छोराले जमिन किनेको थियो, धनीपुर्जा हेरेर किन्यो होला, सबै प्रक्रिया पुर्यायो होला । अहिले मानौं एमालेकै कोही मान्छे यसमा छ जस्तो प्रचार गरिरहेका छन् । ललिता निवासको दोषी को को हुन् ? कहिलेबाट जफत गरिएका जमिन कांग्रेसीहरुलाई फिर्ता गर्न थालियो ? सरकारले प्रष्ट पारोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित