Khabar Samachar

Search
Close this search box.

प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्य कोशी प्रदेशमा फेरि मन्त्री बन्ने

214
VIEWS

कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट प्रदेश सांसद जीवन आचार्य फेरि मन्त्री बन्ने निश्चित भएको छ ।

उनी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ हुन् । हिक्मत कार्की नेतृत्वको सरकारमा मन्त्री भएका आचार्य उद्धव थापा नेतृत्वको सरकारमा पनि मन्त्री बन्न लागेका हुन् ।

शुक्रबार दिउँसो बसेको माओवादी केन्द्रको बैठकले आचार्यलाई पठाउने सहमति गरेको हो । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आचार्यलाई सरकारमा पठाइने बताए । बाँकी मन्त्रीको नाम छनोटका लागि संसदीय दलका नेता प्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षलाई जिम्मेवारी दिइएको छ ।

‘माथिबाट आर्थिक मामिला तथा योजना मन्त्रालय दिनुपर्ने कुरा आएको छ’ माओवादी केन्द्रका एक नेताले भने, ‘आइतबार–सोमबारतिर शपथ होला ।’ श्रोतका अनुसार आचार्य पार्टीको नेतृत्व गर्दै सरकारमा जाने छन् ।

शुक्रबार मुख्यमन्त्री उद्धव थापाले सरकारमा सहभागी सबै दलबाट एक–एक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका थिए । नेकपा एकीकृत समाजवादी पार्टीले कमलप्रसाद जवेगु र कांग्रेसले प्रदीप सुनुवारको नाम छान्यो ।

जसपा नेतृ निर्मला लिम्बूले विश्वासको मत लिएपछि मात्रै मन्त्री बन्ने भन्दै शपथग्रहण गर्न मानिनन् । माओवादी केन्द्रले भने शुक्रबार बिहान मन्त्रीको नाम पठाउन सकेन । मन्त्री छनोट गर्न नसक्दा शपथग्रहण समारोहमा माओवादी सांसद पुगेनन् ।

माओवादीमा यसअघि मन्त्री भएका दुर्गाप्रसाद चापागाईं र जीवन आचार्यलाई पठाउने कि नयाँ मान्छे पठाउने भन्ने विवाद थियो । विवादका कारण माओवादीले नाम नपठाएपछि प्रदेश प्रमुखले कांग्रेसका सुनुवार र नेकपा एकीकृत समाजवादीका जवेगुलाई विना विभागीय मन्त्रीको शपथग्रहण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित