Khabar Samachar

वडा नै नभएको ठाउँमा बजेट विनियोजन

221
VIEWS

राष्ट्रियसभा सदस्य दिलकुमार थापा रावल पार्वतीले सरकारले नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाएकी छन् । मंगलबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएकी हुन् ।

चितवनको माडी नगरपालिकामा नौवटा वडा रहेको तर केन्द्र सरकारबाट १०औँ वडामा बजेट विनियोजन गरिएको भन्दै उनले आपत्ति जनाइन् । देश संघीयतामा गइसकेपछि पनि केन्द्रबाट लाखका योजना गइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् ।

बिरामीको उपचारलाई सहज बनाउनेतर्फ सरकार लाग्नुपर्नेमा उनले जोड दिइन् ।

“एकातिर बिरामीहरूको उपचारलाई सहज बनाउनेतर्फ सरकारको दायित्व हो भने अर्को, रोगै लाग्न नदिन निरोगी नागरिक उत्पादन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ । औषधि उत्पादनतर्फ हेर्दा औषधिको उत्पादन, भन्डारण र गुणस्तरीयतामा सरकारले ध्यान दिनुपर्छ,” उनले भनिन्, “अर्थ मन्त्रालय बजेट बाँडफाँट गर्ने मन्त्रालय हो, तर आज अर्थ मन्त्रालय, अर्थ मन्त्रालयमा सबैभन्दा धेरै ५७ प्रतिशत बेरुजु भइरहेको छ । यो के भइरहेको छ ? योजना आयोग र वित्त आयोगहरूले सिफारिस गरेको कुरा किन कार्यान्वयन हुन सक्दैनन् ? प्रधानमन्त्रीकै अध्यक्षतामा रहेको राष्ट्रिय योजना आयोग, संवैधानिक आयोग, प्राकृतिक तथा स्रोत वित्त आयोगको कार्यान्वयन भएको छैन । चितवनको माडीमा नौवटा वडा छ, तर १०औँ वडामा संघ सरकारबाट बजेट विनियोजन भएको छ । १० लाख सिँचाइ मन्त्रालयअन्तर्गत भएको छ । नौ किलो सडकका लागि भौतिक मन्त्रालयबाट पाँच लाख विनियोजित भएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित