Khabar Samachar

Search
Close this search box.

सट्टेबाजी प्रकरणमा कलाकारहरुलाई धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंको आदेश

237
VIEWS

काठमाडौं जिल्ला अदालतले वान एक्स प्रकरणमा पक्राउ परेका कलाकारहरुलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

अदालतले बुधबार यस्तो आदेश दिएको हो । कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी)सहितका ८ जना कलाकारहरुलाई जनही पाँच हजार रुपैयाँ धरौटी माग गरिएको छ ।

त्यस्तै, अदालतले दिनेश खड्कासँग १० र अनिता धितालसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

कलाकारहरु बल्छी ध्रुवे, राजु मास्टरसहित बेगम नेपाली, एलिस राई, दिनेश खड्का, जलन घर्तीमगर, गणेश देवकोटा, अनिता धिताल, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोप लगाइएको थियो ।

यस प्रकरणमा एकजना फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित