Khabar Samachar

Search
Close this search box.

जिल्लादेखि नै क्रिकेट संरचना फेरबदल गर्ने बेला आएको छ : पारस खड्का

203
VIEWS

नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमितिका लागि आगामी असोजमा निर्वाचन हुँदैछ। गत असार १५ गते बसेको क्यानको बोर्ड बैठकले असोज ५ र ६ गते कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको थियो।

केन्द्रीय कार्यसमितिको निर्वाचनअघि साउन मसान्तसम्म जिल्ला र भदौ दोस्रो सातासम्म प्रदेशको निर्वाचन हुँदैछ। जिल्ला तथा प्रदेश अधिवेशनबाट छानिने प्रतिनिधिले केन्द्रीय कार्यसमितिको निर्वाचनमा भोट हाल्नेछन्।

अहिले क्यानमा आबद्ध जिल्लाहरूले साधारण सदस्यता वितरण र नवीकरण कार्य अघि बढाइरहेका छन्।

जिल्ला निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले सामाजिक सञ्जालमार्फत् सम्बन्धित व्यक्तिहरूलाई सदस्यता लिन तथा नवीकरण गर्न आह्वान गरेका छन्।

जिल्ला संरचनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले महत्वपूर्ण भूमीका खेल्न सक्छन्। नेपालमा क्रिकेट क्लबको उपस्थिति कम भएको अवस्थामा जिल्लामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सदस्यता बढी हुने देखिन्छ।

‘अहिलेका लागि सबैभन्दा महत्वपूर्ण विषय भनेको जिल्लाको चुनाव रहेकोले सम्पूर्ण राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीहरू, अम्पायरहरू, स्कोररलगायत क्लब स्टेकहोल्डरहरूलाई आ-आफ्नो जिल्लामा गएर सदस्यता लिन हार्दिक अनुरोध गर्दछु,’ खड्काले भिडिओ पोस्ट गर्दै भनेका छन्।

यस्तै उनले असल नेतृत्व छानेर नेपाली क्रिकेटलाई ठूलो उर्जा दिन पनि आह्वान गरेका छन्।

उनको भनाइ छ, ‘नेपाल क्रिकेट संघको विधानले दिएको हक अधिकार प्रयोग गरेर जिल्लादेखि नै असल/राम्रो नेतृत्व छानेर यहाँहरूले नेपाली क्रिकेटलाई ठूलो उर्जा दिन सक्नुहुनेछ। नेपाली क्रिकेट अगाडि बढ्न चाहन्छ भने जिल्लादेखि नै हाम्रो संरचना फेरवदल गर्नु पर्ने बेला आइसकेको छ। त्यसैले सबै स्टेकहोल्डरलाई नेपाल क्रिकेटको विधान र आचार सिंहता लागू हुने गरी आ-आफ्नो सदस्यता नवीकरण गरेर जिल्ला क्रिकेट संघको चुनावमा भाग लिएर नेपाली क्रिकेटलाई अगाडी बढाउनलाई महत्वपूर्ण भूमीका खेल्न हुन व्यक्तिगत रूपमा हार्दिक अनुरोध गर्दछु।’

नेपाल क्रिकेट संघको आउंदै गरेको निर्वाचनमा नेपाल क्रिकेट संघको विधान अनुरूप योग्यता पुग्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक, अम्पायर स्कोरर तथा क्लबका प्रतिनिधि ज्युहरूलाई आफ्नो सदस्यता सुनिश्चित गरि विधानले दिएको हक र अधिकारको अभ्यास गर्नुहुन हार्दिक अनुरोध गर्दछु।

https://www.facebook.com/reel/799361301632954

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित