Khabar Samachar

Search
Close this search box.

बससँग ठोक्किएर सप्तकोशीमा खस्यो ट्रक, तीनको उद्धार

205
VIEWS

सप्तकोशीको पुलबाट नदीमा ट्रक खसेको छ । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा आज  बिहान बससँग  ठोक्किएर ट्रक नदीमा खसेको हो । नदीमा खसेको ट्रक बेपत्ता भएको छ । प्रहरीले ट्रकमा सवार तीन जनाको सकुशल उद्धार गरेको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७ः४० बजेतिर ठोक्किएर दुर्घटना भएको थियो ।

सुनसरी प्रहरीका प्रवक्ता डिएसपी राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको थियो । नदीमा खसेको ट्रक देखिन छाडेको उनले बताए ।

सप्तकोशीमा खसेको ट्रकमा सवार रहेका ३ जनाको सकुशल उद्धार गरिएको राईले बताए । प्रहरी टोलीले डोरी टाँगेर ट्रकमा सवार रहेकाहरूको उद्धार गरेको हो । नदीमा पानीको बहाव बढेका कारण ट्रक देखिन छाडेको छ । उद्धार गरिएकामध्ये ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि पठाइएको छ । अन्य २ जनाको अवस्था सामान्य रहेको डिएसपी राईले बताए । बसका सवार रहेकाहरू भने सकुशल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित