Khabar Samachar

सरकारले भुक्तानी नदिएपछि निर्माण व्यवसायीले थाले माइतीघरमा धर्ना दिन

206
VIEWS

सरकारले लामो समयदेखिका बाँकी बिलको भुक्तानी नदिएपछि निर्माण व्यवसायी आन्दोलित भएका छन्।

असार मसान्त आइसक्दा पनि सरकारले लामो समयदेखिको बाँकी बिलको रकम भुक्तानी नगरेको, ठेक्काको म्याद थप नगरेको लगायतका विरोधमा निर्माण व्यवसायी आन्दोलित भएका हुन्।

नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्त्वमा विभिन्न मागहरू उल्लेख गरिएका प्लाकार्डसहित उनीहरु  शुक्रबार बिहान माइतीघर मण्डलमा धर्ना दिन पुगेका छन्।

प्लाकार्डमा ‘लामो समयदेखिको बाँकी बिलको रकम तुरून्त भुक्तानी गर्’, ‘माइलस्टोनको व्यवस्था तुरून्त खारेज गर’, ‘निर्माण कार्यको म्याद थप गर’, ‘मूल्य समायोजन तुरून्त कार्यान्वयन गर’, ‘व्यवसायीले आत्मदाहा गर्ने क्रम बन्द गराउ’, ‘सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर्’ लगायत उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित