Skip to main content

Khabar Samachar

Search
Close this search box.

सारुक ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट आउन १५ दिन लाग्ने

214
VIEWS

अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरणको न्यायिक छानबिनका लागी चौतर्फी दबाब बढेको छ । तर, प्रहरी चाहिँ ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट कुरिरहेको छ । प्रहरी अधिकृतहरूका अनुसार मोबाइल परीक्षण रिपोर्ट आउन अझै केही दिन लाग्छ । असार २१ गते घरमा झुण्डिएको अवस्थामा फेला परेका सारुकको मोबाइल जाँचका लागि प्रहरीले डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको थियो ।

ल्याबका एक अधिकृतका अनुसार, देशभरिको प्रहरी कार्यालयबाट डिजिटल जाँचका लागि प्राप्त हुने विवरण प्रहरी प्रधान कार्यालयको डीएफएलबाटै परीक्षण गर्नुपर्ने भएकाले रिपोर्ट तयार गर्न समय लाग्छ । रिपोर्ट दिएपछि पनि डीएफएल जाँचमा संलग्न अधिकृतले पछि अदालतमा बकपत्र समेत दिनुपर्ने भएकाले रिपोर्ट आउन समय लाग्ने उनले बताए ।

उनका अनुसार, सामान्यतयाः डीएफएल चाँजको नतिजा आउन अढाइ महिनासम्म लाग्ने गरेको छ । तर, राष्ट्रिय महत्व र चर्चामा रहेकाहरु शंकास्पद घटनाहरुमा प्रहरीले प्राथमिकता दिएर पहिले छानबिन गर्ने गरेको उनले बताए ।

‘त्यसरी फास्ट ट्याकबाट काम हुँदा पनि रिपोर्ट आउन कम्तिमा दुई साता लाग्छ’, एक अधिकृत भन्छन्, ‘डीएफएलमा खटिने जनशक्ति थोरै र कामको चाप धेरै भएकाले समय लागेको हो, यद्यपि यसमा यथाशक्य चाँडो नतिजा दिने गरी प्रयास गरिरहेका छौं ।’

प्रहरी घटनास्थलमा पुग्दा सारुक झुण्डिएका थिए । उनको मोबाइलमा गीत बजिरहेको थियो । घटनास्थलमा पुगेका एकजना प्रहरी अधिकृत भन्छन्–‘युट्युबमा गीत बजिरहेको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित