Khabar Samachar

Search
Close this search box.

जोकोभिचलाई स्तब्ध पार्दै अल्कारेज बने च्याम्पियन

208
VIEWS

विश्व नम्बर १ स्पेनी खेलाडी कार्लोस अल्कारेजले नोभाक जोकोभिचलाई पाँच सेटको कडा प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै आइतबार विम्बल्डन-२०२३ को उपाधि जितेका छन् । अल इंग्ल्यान्ड कोर्टमा भएको फाइनलमा अल्कारेज १–६, ७–६ (८/६), ६–१, ३–६ र ६–४ ले विजयी रहे ।

पहिलो सेट गुमाएयता २० वर्षीय अल्कारेजले उत्कृष्ट पुनरागमन गर्दै पाँचौं तथा अन्तिम सेटमा खेल जितेका हुन् । उनले विम्बल्डनको उपाधि जितेको यो पहिलो पल्ट हो । उनको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो । यसअघि उनले गत वर्ष यूएस ओपनको उपाधि जित्दै नम्बर १ स्थान कब्जा गरेका थिए ।

यस्तै अल्कारेज आधुनिक समयको टेनिसमा विम्बल्डन जित्ने तेस्रो सबैभन्दा कान्छा खेलाडी पनि भएका छन् । यसअघि सन् १९८५ मा १७ वर्षमा बोरिस बेकर तथा सन् १९७६ मा २० वर्षको ब्योन बर्गले विम्बल्डन जितेका थिए । हारले डिफेन्डिङ च्याम्पियनका रूपमा प्रतियोगिता खेलिरहेका ३६ वर्षीय जोकोभिचको कीर्तिमानी सफलताको सपना भने समाप्त भएको छ ।

जोकोभिच भने सेन्टर कोर्टमा लगातार पाँचौं विम्बल्डन जित्ने अभियानमा थिए र यससँगै उनी कीर्तिमान २४ औं ग्रान्ड स्लाम उपाधि जित्ने संघारमा थिए । तर उनको सपना पूरा हुन सकेन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित