Khabar Samachar

Search
Close this search box.

मिटरब्याज सम्बन्धी कानुन पारित भएकोमा जनकपुरमा खुसियाली

213
VIEWS

मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा मिटरब्याज पीडितले जनकपुरमा र्‍याली गरेका छन् ।

मिटरब्याज पीडित संघर्ष समितको आयोजनामा धनुषा, महोत्तरी र सिरहाका पीडितहरूले र्‍याली निकालेका हुन् ।

सरकारले बनाएको कानुन कार्यान्वयन गर्न उनीहरुले माग पनि गरेका छन् ।

जनकपुरको बाह्रविघा मैदानबाट सयौं पीडितको संख्यामा निस्कको र्‍याली रामानन्दचौक, पीडारीचौक, थापाचौक, मधेश भवन एरिया, मिल्स एरिया, भानुचोक, शिवचौक हुँदै जनकचोकमा कोणसभामा परिणत भएको थियो ।

संघर्ष समितिका मधेश प्रदेश संयोजक मनोज पासवानले सदनबाट मिटरब्याजविरुद्ध सम्बन्धी विधेयक पास हुनु मिटरब्याज पीडितको ठूलो सफलता भएको बताए ।

मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारले गरेको प्रयास सराहनीय रहेको उनको भनाइ छ ।

अझै पनि धेरै मिटरब्याज पीडित न्यायको पर्खाइमा रहेका र मिटरब्याजीहरुले अन्याय गरिरहेकाले उनीहरुलाई कारबाही दायरामा ल्याउन माग गरे ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन विधेयक–२०८० संशोधनसहित पास गरेको हो । जसमा मिटरब्याजलाई अनुचित लेनदेन मान्दै कारबाही गर्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित