Khabar Samachar

यूएई ए १५७ रनमा समेटियो

212
VIEWS

कुशल भुर्तेलले आक्रामक बलिङ गर्दै ६ विकेट लिएपछि नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई ए लाई १५७ रनमा अल आउट गरेको छ ।

श्रीलंकामा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४४ ओभरमा १५७ रनमा अलआउट भएको हो ।

नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिएका हुन् । ५२ वटा लिस्ट ए खेलेका कुशलले हालसम्म जम्मा ४ विकेट लिएका थिए । उनले करिअरको ५३ औं लिस्ट ए खेलमा एकै खेलमा ६ विकेट लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित