Khabar Samachar

Search
Close this search box.

भारतको मणिपुरमा सडकमा महिलालाई नाङ्गै हिँडाएर सामूहिक बलात्कार

266
VIEWS

भारतको मणिपुरमा महिला यौन हिंसाको डरलाग्दो घटनालाई लिएर सर्वाेच्च अदालत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिक्रिया जनाएका छन् । महिलामाथि भएको चरम यौन उत्पीडन भएको एक भिडियो बुधबारदेखि सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

घटना मे ४ मा घटेको र जुलाई १९ मा बाहिरिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । भिडियोमा कुकी जातिका दुई महिलालाई मेइती समुदायका पुरुषको समूहले सडकमा नग्न हिँडाएको देखिन्छ ।

महिला हिंसाको यो दर्दनाक घटनामा ती पुरुषहरूले महिलालाई नग्न रूपमा करिब डेढ किलोमिटर हिँडाएर दुर्व्यवहार गरेको बताइएको छ । उनीहरूले ती महिलालाई कुटपिट गरी अन्तिममा सडक छेउको खेतमा लगेर ‘सामूहिक बलात्कार’ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भिडियोमा महिलालाई उत्पीडन गरिरहेको देखिएका दुई व्यक्तिलाई बिहीबार बिहान पक्राउ गरिएको बताइएको छ । घटनाका मुख्य अभियुक्तको खुइरेम हेरोदास रहेका छन् ।

घटनालाई लिएर भारतीय प्रधामन्त्री मोदीले नयाँ दिल्लीमा संसद् भवन बाहिर बोल्दै भनेका छन्, “कानुनले आफ्नो बाटो लिन्छ। मणिपुरकी छोरीमाथि जे भयो माफी गर्न सकिँदैन ।”

“मणिपुर घटनाका कारण पूरै देश लज्जित छ,” मोदीले भनेका छन् । उनले सबै राज्य सरकारलाई कानुनी शासन सुनिश्चित गर्न आग्रह पनि गरेका छन् ।

भारतको सर्वोच्च अदालत आफैँले यसबारे राज्य र केन्द्र सरकारसँग जवाफ मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित