Khabar Samachar

Search
Close this search box.

गृहमन्त्री र प्रहरी प्रमुख त्रिभुवन विमानस्थलको आकस्मिक निरीक्षणमा

206
VIEWS

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवर आकस्मिक रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । गृहमन्त्रीसँगै भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी पनि सँगै छन् । उप–प्रधान एवं गृहमन्त्री श्रेष्ठले त्रिभुवन विमानस्थल भन्सार कार्यालय र अध्यागमनको आकस्मिक निरीक्षण गरेको उनका स्वकीय सचिव विजय गौतमले रातोपाटीलाई बताए । उनले भने– ‘निरीक्षण सकेर अहिले ब्रिफिङ हुँदै छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेर अनुसन्धान गरिरहेको छ । असार ३० मा हङकङकबाट काठमाडौं ल्याइएको सो सुन् ‘रेडी ट्रेड प्रालि’ ले मगाएको अनुसन्धानबाट थाहा भएको छ ।

क्याथे प्यासेफिकको उडान मार्फत आएको ‘सुन’ मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको भेटिएको छ । सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनियाँ नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित