Khabar Samachar

Search
Close this search box.

विमानस्थल भन्सार कार्यालयबाट ६ बाकस शंकास्पद सामान राजस्वको नियन्त्रणमा

208
VIEWS

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट राजस्व अनुसन्धान विभागको टोलीले ६ बाकस शंकास्पद सामान नियन्त्रणमा लिएको छ । बरामद सामान बुढानिलकण्ठस्थित ‘रेडी ट्रेड प्रालि’ र ‘दोलखा इलेक्ट्रिक’ ले कार्गोमार्फत ल्याएका हुन् ।अनुसन्धानका लागि ६ बक्सा सामान राजस्व अनुसन्धान विभागको टोलीलाई जिम्मा लगाइएको त्रिभुवन विमानस्थलका निमित्त प्रमुख भन्सार प्रशासक नारद गौतमले रातोपाटीलाई बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन ल्याउने कम्पनी हो –‘रेड ट्रेड प्रालि ।’ सोही कम्पनीको थप सामान भेटिएसँगै थप अवैध सुन ल्याएको आशंका गरिएको छ ।

असार ३० मा हङकङकबाट क्याथे प्यासेफिकको उडानमार्फत रेडी ट्रेडले ‘ब्रेक प्याड’ भनेर ल्याएको सामानमा सुन भेटिएको थियो । त्यसबारे सशस्त्र प्रहरीको सहयोगमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

बरामद गरिएको शंकास्पद सामान खेलैना जस्तो देखिएको र त्यसमा सुन भएको आशंका गरिएको राजस्व अनुसन्धान विभागका एकजना अधिकृतले  बताए ।

रेडी ट्रेड प्रालिले मगाएको ब्रेक प्याडभित्र लुकाएको अवस्थामा करिब ८० देखि १ सय किलो सुन भेटिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए । बरामद सुनको यकिन तौल आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित