मिस नेपाल नर्थ अमेरिका २०२३ को ताज जुबली शेर्पाले हात पारेकी छिन्।
शनिबार अमेरिकाको न्युयोर्कमा आयोजित प्रतियोगितामा अन्य १७ प्रतिस्पर्धीलाई पछि पार्दै उनले सो उपाधि हात पारेकी हुन्।
उक्त प्रतियोगितामा अमेरिका र क्यानडामा रहेका नेपाली मुलका १८ जना प्रतिस्पर्धी सहभागी थिए भने प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सलले गरेको थियो।
त्यस्तै, प्रतियोगिताको फस्ट रनरअप रजिला बास्तोला र सेकेण्ड रनरअप ईशा सुवेदीले हात पारेका छन्।
११ जनाको निर्णायक टिमले सुरुमा १८ जनाबाट उत्कृष्ट १९ जना छनोट गरेको थियो। त्यसपछि उत्कृष्ट पाँच हुँदै विजेता घोषणा गरिएको थियो।
मिस नेपाल नर्थ अमेरिका २०२३ का विजेताले मिस नेपाल २४ प्रतियोगितामा सिधा प्रवेश पाउने भएकी छिन्।
प्रतियोगिताको निर्णायक मण्डलकी सदस्य तथा मिस नेपाल अमेरिकाका संस्थापक अध्यक्ष दिवाकर राजकर्णिकारले सो घोषणा गरेका हुन्।
अमेरिकामा नेपाली कला ,सस्कृतिको प्रवर्द्धनका लागि सन् २०१८ देखि मिस नेपाल नर्थ अमेरिका आयोजना हुँदै आएको छ।
Discussion about this post