Khabar Samachar

Search
Close this search box.

रेडीको गोदामबाट बरामद भएको ‘ब्रेक सु’ का अधिकांश कार्टुन खोलिएको अवस्थामा

225
VIEWS

राजस्व अनुसन्धान विभागले रेडी ट्रेडको सोह्रखुट्टे गोदामबाट बुधबार बरामद गरेको ६६ वटा कार्टुन अधिकांश खोलेको अवस्थामा भेटिएको छ । कार्टुनमा रहेको सामानहरूको साइज, प्याकिङ, डिजाइन सबै गत २ गते बरामद गरिएको सुनको ब्रेक सुजस्तै देखिएको राजस्व स्रोतले जानकारी दिएको छ ।स्रोतका अनुसार रेडी ट्रेडले सुन भित्र्याउने क्रममा ती सामान ल्याएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ । ६६ मध्ये करिब एक दर्जन कार्टुनबाहेक सबै खोलेको अवस्थामा रहेको छ । बरामद गरिएको कार्टुनमा सुनको गहना बनाउन प्रयोग हुने साँचो जस्तो देखिने धातुको वस्तु पनि भेटिएको छ । आयात गरेको सुनलाई गहनाका रूपमा दिएर अन्यत्र लैजाने प्रयोजनका लागि यो साँचो ल्याइएको अनुमान गरिएको छ ।

विभागका अनुसार खोलिएका कार्टुन रेडी ट्रेडले पटक–पटक ल्याएको भनिएको सामानमध्येकै हुन सक्ने अनुमान छ । कार्टुनमा भने ‘ब्रेक सु’ नै लेखिएको छ । उक्त कार्टुनमा रहेको सामानको विस्तृत अवस्थाका बारेमा अनुसन्धान भइरहेको छ । विभाग स्रोतले भन्यो, ‘रेडी ट्रेडको नाममा आएका सामान सबै शंकास्पद देखियो ।’

रेडी ट्रेडले दुई महिनामा १९९७ किलो सामान आयात गरेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । क्विन्टल सुन बरामद भएको घटनाको छानबिनका क्रममा एक चिनियाँ, एक भारतीय, भन्सार कर्मचारी एजेन्टलगायतका १७ जना पक्राउ परिसकेका छन् । बुधबार बैंक ठगी, सेयर घोटाला र हुन्डीमा विवादित व्यापारी राजेशकुमार अडुकियाको घरमा छापा मारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित