तलब माग गर्दै वन पैदावार विकास समितिका कर्मचारी संघर्ष समितिले बिहीबार काठमाडौँमा प्रदर्शन गरेको छ।
विगत ११ महिनादेखिको तलब माग गर्दै पैदावार विकास समितिका कर्मचारी सडकमा उत्रिएका हुन्। उनीहरूले विगत ११ महिनादेखिको भुक्तानी गर्न बाँकी तलव भत्ताकाे व्यवस्थासहित कार्यकारी अध्यक्ष र आयोजना/परियोजना प्रमुख नियुक्ति गरिनुपर्ने,श्रम ऐन २०७४ लागू गरी सर्वोच्च अदालतको श्रम ऐनसम्बन्धी फैसला कार्यान्वयन गरिनुपर्ने माग राखेका छन्।
यसैगरी, वन रोयल्टीमा वृद्धि, सुत्रकोकारण आयतनमा वृद्धि र समितिको आर्थिक स्थितिलाई मध्यनजर गर्दै वन रोयल्टीमा ५० प्रतिशत छुट गरिनुपर्ने, वन पैदावार विकास समितिको गठन आदेश संशोधन गर्नुपर्ने माग पनि राखेका छन्।
आन्दाेलनकारीहरूले थाल पिट्दै धर्ना दिएका थिए। उनीहरूले ‘सरकार तिम्रा कर्मचारी भाेका छन्’, ‘भाेकाे पेट कति दिन काम गर्ने’, ‘हाम्रा माग पूरा गर’ जस्ता लेखिएका ब्यानर प्रदर्शन गरेका थिए।
Discussion about this post