सुन तस्करी आरोपमा ठमेलस्थित होटल भियानाबाट तिब्बती मूलका बेल्जिमय नागरिक पक्राउ परेका छन । राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा काठमाडौंको ठमेलस्थित भियाना होटलबाट शनिबार राति तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ । छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका पात्र हुन् ।विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनसँग सम्बन्धित एकजना व्यक्ति त्यहाँ बसेको सुराक पाएपछि छापा मारिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।




























Discussion about this post