Khabar Samachar

एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा चितवनका अनिल पोखरेल विजयी

210
VIEWS

एनआरएन अष्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले दिएको विवरण अनुसार महासचिवमा सन्तोष कुंवर विजयी बनेका छन् भने सचिवमा थिर गुरुङ, कोषाध्यक्षमा अर्जुन गौतम, सहकोषाध्यक्षमा रोजी पन्त, युवा संयोजक सुमन बोहरा र सहसंयोजकमा दीमन राजोपाध्याय विजयी बनेका छन् । यसैगरी युवा सचिवमा पुकार घिमिरे र युवा कोषाध्यक्षमा अस्मिन घिमिरे निर्वाचित भएका छन् ।

६ राज्य तथा दुई टेरीटोरीमध्ये दक्षिण अस्ट्रेलिया, नर्दन टेरीटोरी, क्युन्सल्याण्ड, क्यापिटल टेरीटोरी र पश्चिम अस्ट्रेलियामा यसअघि नै सर्वसम्मतले नेतृत्व चयन भएका छन् । जसमा क्रमश: संजयराज पुरी, संजीव ढकाल, सम्भु घैसे, बिक्रम सुवेदी र शेखर घिमिरे चयन भएका हुन् । बाँकी ३ राज्यमा निर्वाचन मार्फत संयोजक चयन गरिएको छ । जसमध्ये न्यु साउथ वेल्समा विनोद बहादुर कुंवर, भिक्टोरियामा मणि रतन सापकोटा र तास्मानियामा जगदीश खड्का चयन भएका छन् । राज्यसंयोजकका लागि सबैभन्दा बढी न्यु साउथ वेल्समा ४ जनाले उम्मेदवारी दिएका थिए ।

एनआरएनएको महिला संगठन नारी निकुञ्जको संयोजकमा संगीता भण्डारी चापागाईं र सह संयोजकमा रत्ना गौतम निर्विरोध चयन भएका छन । नारी निकुञ्जकै सचिवमा अर्चना गौतम निर्वाचित भएकी छन् भने कोषाध्यक्षमा मनिला पाण्डे निर्विरोध छानिएकी छन् ।

निर्वाचन मार्फत एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिका लागि ८ जना सदस्य निर्वाचित भएका छन् । डा. भरतराज पौडेल, सुजन अधिकारी, डिल्लीराम ढकाल, दिनेश अधिकारी, मदन पौडेल, नारायण कटुवाल, रमेश अधिकारी, टीकाराम भुर्तेल आइसीसी सदस्य बन्न सफल भएका छन् । प्रमुख निर्वाचन आयुक्त टोनु घोतानेले निर्वाचन निस्पक्ष र सौहार्द रुपमा सम्पन्न भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित