Khabar Samachar

Search
Close this search box.

नेविसंघले निलम्बन गर्‍यो मोरङका अध्यक्ष सरोज पोखरेललाई

204
VIEWS

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको भन्दै नेविसंघले आफ्ना विद्यार्थी नेतालाई  सरोज पोखरेललाई निलम्बन गरेको छ ।

छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि भएपछि केहीलाई निलम्बन गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

कालोमोसो दलेको आरोपमा नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका थिए ।

कालोमोसो दल्नु नेविसंघको आदर्श, मूल्य-मान्यतावको विपरीत भएकोले केहीलाई कारबाही गरिएको अध्यक्ष शेर्पाले बताएका छन् ।

नेविसंघका नेता पोखरेललगायतले सेवा आयोगका अध्यक्ष प्रा. डा. दाहालमाथि निवासमै पुगेर कालोमोसो दलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित