Khabar Samachar

मनिष डाँगी थाई लिग टु क्लब रेयोङगमा अनुबन्धित

214
VIEWS

मनिष डाँगी थाई लिग टु क्लब रायोङग एफसीमा अनुबन्धित भएका छन् । थाई लिग टु थाइल्याण्डको दोश्रो श्रेणीको लिग हो ।

थाई लिग टु क्लब रायोङ एफसीले मनिषलाई अनुबन्ध गरेको जनाएको हो । उनी थाई क्लबमा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी हुन् ।

उनले नागावर्ल्ड एफसी विरुद्धको खेलमा पायोङ्गका लागि असिस्टसमेत गरेको क्लबले जनाएको छ ।

गत सिजनमा संकटा एफसीबाट शहीद स्मारक ए डिभिजन लिग खेलेका मनिषले नेपालका लागि १७ खेल खेल्दै ३ गोल गरेका छन् । उनले २०२१ मा ईराक विरुद्ध डेब्यु खेलमै गोल गरेका थिए ।

दक्षिण काेरियामा फुटबल सिकेका उनले यसअघि दक्षिण कोरियाकै विश्वविद्यालयको टिमका साथै बहराइनको क्लब इत्तेहाद अल रेफबाट पनि खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित