Khabar Samachar

Search
Close this search box.

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ

210
VIEWS

अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार बिहान उनलाई पक्राउ गरेको डिएसपी अनिल अधिकारीले जानकारी दिए।

उनको बयान भइरहेको प्रहरीले जनाएको छ।

उनले मगर र तामाङ समुदायप्रति लक्षित गरी विवाहबारे अभिव्यक्ति दिएको आरोप छ। अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा  मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।

त्यसपछि उनीविरूद्ध परिसरमा जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको डिएसपी अधिकारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित