Khabar Samachar

Search
Close this search box.
Search
Close this search box.

देशभर निर्माणकार्य ठप्प पार्ने व्यवसायीको चेतावनी

221
VIEWS

सरकारले निर्माण व्यवसायीका माग तत्काल सम्बोधन नगरे देशभर निर्माणकार्य ठप्प पार्ने चेतावनी दिइएको छ । शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासअगाडि भेला भएर व्यवसायीले निर्माण उपकरणसहित प्रदर्शन गरेका हुन् ।

बजेट दिन नसकिने आयोजनाहरू खारेज नगरे निर्माण व्यवसायीको आन्दोलन थप चर्कने चेतावनी उनीहरूले दिए ।

काठमाडौं । सरकारले निर्माण व्यवसायीका माग तत्काल सम्बोधन नगरे देशभर निर्माणकार्य ठप्प पार्ने चेतावनी दिइएको छ । शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासअगाडि भेला भएर व्यवसायीले निर्माण उपकरणसहित प्रदर्शन गरेका हुन् ।

बजेट दिन नसकिने आयोजनाहरू खारेज नगरे निर्माण व्यवसायीको आन्दोलन थप चर्कने चेतावनी उनीहरूले दिए ।

नेपाली कांग्रेसका सांसद समेत रहेका पूर्णबहादुर तामाङले रक्षा मन्त्रालय नै ठेक्कापट्टामा लागेको आरोप लगाए । सरकारले निर्माण व्यवसायीका माग पूरा नगरे आफूले सांसद पद त्याग्ने उनले बताए ।

छिटो काम सम्पन्न गर्न सबै निर्माण व्यवसायी लाग्नुपर्नेमा उनले जोड दिए । उनले लामो ‘ग्याप’ गरेर भुक्तानी नरोक्न सरकारलाई आग्रह गरे ।

विरोध कार्यक्रममा महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायी सरकारबाट नै ठगिइरहेको आरोप लगाए । सिंहदरबार, बालुवाटार, शीतलनिवास निर्माण व्यवसायीले नै बनाएको भन्दै उनले आफूहरूका माग पूरा गर्न आग्रह गरे ।

महासंघका अध्यक्ष रवि सिंहले आन्दोलन गर्नुपूर्व धेरैपटक प्रधानमन्त्रीको ध्यानाकर्षण गराए पनि माग सुनुवाइ नभएको गुनासो गरे ।

निर्माण व्यवसायीले बजेटबिनाका आयोजना खारेज गरी मूल्य समायोजन गर्नुपर्ने, एकमुष्ट म्याद थप गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित