Khabar Samachar

बालुवाटारमा प्रधानमन्त्री, सभामुखसहित सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच छलफल

203
VIEWS

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच छलफल भएको छ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित छन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सभामुखसहित तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको हो।

प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध हटाउनेबारे छलफल भइरहेको हो।

एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरेर प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गर्दै आएको छ।

संसदको अवरोध हटाउन सभामुख घिमिरेले पहल गरिरहेका छन्।

सोमबार पनि सिंहदरबार र नयाँ बानेश्वरमा सभामुखको कार्यकक्षमा सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित