Khabar Samachar

बाढी पीडितकाे राहतका लागि मधेश प्रदेशका आठै जिल्लामा १०/१० लाख पठाउने निर्णय

202
VIEWS

मधेश प्रदेशका बाढी पीडितले राहत पाउने भएको छ । प्रदेश विपद् कार्यकारी समितिको बैठकले बाढी पीडितलाई राहत दिने निर्णय गरेको हो ।

प्रदेशका गृह, संचार तथा कानून मन्त्री मो. समिमको अध्यक्षतामा बसेको सणितिको बैठकले बाढी पीडितलाई राहत दिने निर्णय गरेको मन्त्रालयका उपसचिव उत्तम प्रसाद खरेलले जानकारी दिए ।

समितिका सदस्य सचिव समेत रहेका उनले राहत तथा उद्धार सामग्री खरिद गर्न आठ वटै जिल्ला प्रशासन कार्यालयलाई तत्काल १०/१० लाख रुपैयाँ पठाउने निर्णय पनि भएको बताए ।

उनका अनुसार बाढी प्रभावितहरुको तथ्याङ्ग संकलन गर्ने निर्णय पनि भएको छ । राहत गैसस एवं अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरु तथा स्थानीय विपद् व्यवस्थापन समिति र जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी एकद्वार प्रणाली मार्फत वितरण गरिनेछ ।
केहि दिनदेखि परिरहेको अविरल वर्षाको देशभर धनजनको क्षति पुर्याएको छ । बाढीले बगाउदा यस प्रदेशमा अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ भने केहि नागरिक बेपत्ता छन् । बाढीले बालिनालीमा पनि क्षति पुर्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित